punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको खप्तड मालिका यातायातको काउन्टरमा प्रहरीले लगायो ताला

Chaupati
safha napa

धनगढी । धनगढीमा रहेको खप्तड मालिका यातायात प्रा.लिको बस काउन्टर बन्द गरिएको छ । शान्ति सुरक्षामा खलल पुग्ने अवस्था देखिए पछि उक्त काउन्टरमा प्रहरीले ताला लगाएको हो । विगत देखि नै विवाद रहेको उक्त यातायात प्रालिमा विवाद झनै बढ्न सक्ने अवस्था देखिएपछि उक्त काउन्टरमा तालाबन्दी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

यातायात प्रालिका पदाधिकारीहरु विच मनमुटाव हुँदै गएपछि यो प्रालि विवादित छ । प्रालिका पदाधिकारीहरु दुई समुहमा विभाजित भएपछि विवाद बढ्दै गएको प्रालीका सल्लाहकार शिवराज गुरुङ्गले बताए । पूर्व अध्यक्ष अनन्तराज जोशीले प्रालीमा आधा हक दावी खोज्न थालेपछि विवाद बढेको उनको भनाई छ ।

दुवै पक्ष विच झगडा हुने अवस्था देखिएपछि उनीहरुलाई सहमतीका लागि जिल्ला प्रहरी कार्यालयले बोलाईएको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।  यातायात प्रालिका शेयर सदस्य अनन्तराज जोशी र दिल बहादुर खलौला विच बस टिकट काउन्टरका विषयमा विवाद भईरहेको हुदाँ अर्को व्यवस्था नभए सम्म बन्द गर्न धनगढी उप-महानगरपालिकाले गत बैशाख १४ गते सिफारिस गरेको थियो ।


२६ असार २०७८, शनिवार १३:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु