punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार

Chaupati
safha napa

बझाङमा हेलिकोप्टरबाट एक गर्भवतीको उद्धार गरिएको छ। जिल्लाको साइपाल गाउँपालिका वडा नम्बर २ धलौन की २५ वर्षीया गर्भवती हिमा बिकको  हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

धलौन सामुदायीक स्वास्थ्य चौकीमा लगिएकी बिकलाई ३ दिनदेखि लगातार बेथा लागको र स्वास्थ्यमा बढी समस्या देखिएपछि सोमबार  हेलिकोप्टरमार्फत सुर्खेत रिफर गरिएको साइपाल गाउँपालीकाका अध्यक्ष राजेन्द्र धामीले बताए।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट उनको उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।

गर्भवतीका श्रीमानको पहिले नै मृत्यु भएको र आर्थीक अवस्था कमजोर रहेको भन्दै उपचारको लागि गाउँपालिकाका अध्यक्ष धामीले व्यक्तिगत १० हजार सहयोग गरेका छन्। साथै उचारमा लाग्ने बाँकी खर्चसमेत गाउँपालीका र वडा कार्यालयले व्यहोर्ने धामीले बताए।

 


२२ असार २०७८, मंगलवार ०९:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु