punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्यान्सर पिडित सुनारलाई आर्थिक सहयोग

Chaupati
safha napa

अर्घाखाँची सेवा समाज कतार द्वारा क्यान्सर पिडित सुनारलाई आर्थिक सहयोग अर्घाखाँची सेवा समाज कतारले राम बहादुर सुनारलाई आर्थिक रकम हस्तान्तरण गरेको छ ।

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका ३ साविक धारापानी ठुलाखर्क निवासी सुनारको फोक्सोमा समस्या देखापरेपछि उनि काठमाडौँ स्थित सिभिल हस्पिटलमा लामो समय देखि उपचारतमा थिए हाल उनि घर फर्केका छन । समाजले राम बहादुर सुनार बचाउँ अभियान संचालन गरेको थियो।

सुनारको घरको आर्थिक अबस्था अत्यन्तै दयनीय रहेको हुदाँ आफु सँग भएको रकम पनि उपचारको क्रममा सकिएको र बाँकी थप उपचारको लागि ठुलो रकम लाग्ने भएपछि पडितकोे परिवारले सामाजिक संजाल मार्फत सहयोगको लागि सामाजिक अभियान्ता, सहयोगीहरु मनुभावा प्रति सहयोगको अपिल गरेको थिए ।

मानविय सेवा नै धर्म हो भावनाले अर्घाखाँची सेवा समाज कतारले अभियान संचालन गरेको थियो। उक्त अयिानबाट कतारी रियाल ३०२० संकलन गरेको थियो । नेपाली ९५,४०१/– नेपाली ( पन्चानब्बे हजार चार सय एक) हो जस मध्य नेपाली ४००१ निजको परिवारलाई पहिले नै बोम बहादुुर थापा द्वारा हस्तान्तरण गरिएको थियो।

कतारी रियाल २८७६ अर्थात नेपालीे ९१४००/– ( एक्कानब्बे हजार चार सय) शुक्रवार दिन पुर्व वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, अर्घाखाँची सेवा समाज कतारका पुर्व कार्यसमिति सदस्य बासुदेव भाट, सिद्धार्थ आधारभुत विद्यालयका प्रधानाध्यापक खेमराज भाट, पशुपति बन्जाडे, राजु पाण्डे, सामाजिक अभियान्ता लेखनाथ बन्जाडे, जगत वि.क नारायण बन्जाडे लगायत स्थानीयको उपस्थितिमा उक्त रकम गोपाल बहादुर घर्ति मगरले पिडितलाई हस्तान्तरण गरेको हुन्।

यस अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण मानुवहरु प्रति समाजका अध्यक्ष टेक राज थापाले सिङ्गो अर्घाखाँची सेवा समाज कतार परिवार हृदय देखि हार्दिक आभार प्रकट गरेको बताए । साथै निजको स्वास्थ्यमा छिटो सुधार आओस् भनि समाजले पुर्ण सिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको बताए । साथै बिस्वव्यापी रुपमा फैलिरहेको कोरोनाको कहरमा पनि हस्तान्तरण कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण स्थानीय समाजसेबी ,सामाजिक अभियान्ताहरु प्रति धन्यबाद प्रकट गरेका छन्।


५ असार २०७८, शनिवार २०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु