punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला

Chaupati
safha napa

स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव जंगलमा परेको छ। डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता धामीको शव हट्वानी सामुदायिक वनमा फेला परेको हो।

असार २ गते जोगबुडा अस्पताल स्वास्थ्य सामाग्री पुर्‍याउन गएकी अस्मिता सोही दिनदेखि बेपत्ता भएकी थिइन्।

उनको खोजीकार्यका लागि परिवारले ईलाका प्रहरी कार्यालय निवेदन दिएका थिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले तीन दिन अघिदेखि सम्पर्कविहीन भएकी युवतीको शव फेला परेको बताए।

प्रहरी नायव उपरीक्षक नेपालले ईलाका प्रहरी कार्यालय जोगबुडा र जिल्लाबाट प्रहरी टोली अनुसन्धानका लागि पठाइसकेको बताए।उनले घटनाबारे अनुसन्धानपछि जानकारी गराउने बताए।


५ असार २०७८, शनिवार १६:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु