सुदूरपश्चिममा शनिबार २७ जना नयाँ कोरोना संक्रमित थपिए
धनगढी,५ असार । सुदूरपश्चिम प्रदेशमा शनिबार २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।पिसिआर विधिबाट गरिएको परीक्षणमा १६ र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ११ गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार पिसिआर विधिबाट ३ सय ७९ र एन्टीजेन विधिबाट ५ सय नमूनाको कोरोना परिक्षण गरिएको थियो । यो सँगै प्रदेशमा दुवै विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमित संख्या ४३ हजार १ सय ७१ पुगेको छ । जसमध्ये ३३ हजार ८ सय ९ जनाले कोरोना जितेका छन ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ८८ जनाले कोरोना जितेका छन । सुदूरपश्चिममा कोरोना संक्रमणबाट मंगलबार थप १ जनाको मृत्यु भएको छ । मृत्यु भएका व्यक्ति कैलालीका रहेका छन । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६५ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
५ असार २०७८, शनिवार २०:५० बजे प्रकाशित






























