punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारमाथि कांग्रेसको आरोपः निषेधाज्ञा सत्ता जोगाउने सुरक्षा कवज बन्यो

Chaupati
safha napa

प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले नागरिकलाई तत्काल खोपको उपलब्धता गराउन सरकारसँग माग गरेको छ ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले कोरोना संक्रमणबाट जोगाउने एक मात्र औषधि खोप भएकाले सबै नागरिकको पहुँचमा खोप उपलब्ध गराउन माग गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री डा. प्रकाशशरण महतले नेपाललाई खोप उपलब्ध गराउन अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेको जानकारी दिए । उनले विदेशी राष्ट्रहरुले विभिन्न देशलाई उपलब्ध गराउने भनेको खोप नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराउन आग्रह गरिएको बताए ।

‘नेपालको वस्तुस्थितिलाई ध्यानमा राखेर विभिन्न देशलाई दिने भनेको खोप नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराउन अनुरोध गरेका छौं’, महामन्त्री महतले भने ।

कांग्रेसले निषेधाज्ञालाई सरकार बचाउने सुरक्षा  कवजको रुपमा प्रयोग गरेको आरोप लगाएको छ । उनले सरकारले निषेधाज्ञा गरेर नागरिकलाई घरभित्र थुनेर सत्ता जोगाउने खेलमा लागेको आरोप लगाए ।

‘सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमण फैलियो र लकडाउन गर्नुपर्ने अवस्था आयो । लकडाउनलाई नै सरकारले सत्ता जोगाउने सुरक्षा कवजको रुपमा प्रयोग गरिरहेको छ’, महामन्त्री महतले भने ।


३ असार २०७८, बिहीवार १७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु