punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरपालिकामा तयार भयो एकल महिलाको प्रोफाईल

Chaupati
safha napa

धनगढी । धनगढी उपमहानगरपालिका भित्र बिभिन्न बिभिन्न ब्यावसाय संचालन गर्दै आईरहेका एकल महिलाहरुको प्रोफाईल तयार गरिएको छ ।

धनगढी उपमहानगरपालिका र यूएनडिपिको सहयोगमा  सेवक नेपाल कैलाली द्वारा संचालन गरिएको दिगो विकास लक्ष्य स्थानीकरण अन्तरगत एकल महिलाको आर्थिक तथा सामाजिक शसक्तिकरण कार्यक्रम सम्पन्न भए पश्चात उक्त कार्यक्रम बाट सिप विकास तालिम प्राप्त गरेर बिभिन्न व्यवसाय सञ्चालन गरिरहेका एकल महिलाहरुको  समग्र विवरण प्रोफाइलमा राखिएको छ ।

धनगढी उपमहानगरपालिका ३ हजार ३ सय एकल महिला रहेका छन् ,नगरप्रमुख नृपबहादुर वडले भने, हामी निर्वाचित भएर आएपछि एकल महिलाको आर्थिक तथा सामाजिक शसक्तिकरण कार्यक्रम संचालन गरेका थियौं । केहि भएपनि यस कार्यक्रमले एकल महिलाको अवस्थामा सुधार आएको नगरप्रमुख वडले बताए ।

उनले भने, यो प्रोफाईलले धनगढी उपमहानगरपालिकालाई मात्रै नभएर एकल महिलाका लागि धनगढीमा काम गर्न चाहने सबैलाई सजिलो हुने छ । प्रोफाईल पुस्तीकाको नगरप्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट र  यूएनडिपिका सुदूरपश्चिम प्रदेश प्रमुख बैजन्ती गीरीले सयुक्त रुपमा बिमोचन गरेका थिए ।


३ असार २०७८, बिहीवार १९:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु