सेती अस्पतालमा भएको परीक्षणमा थप १३ जनामा कोरोना
धनगढी । बिहीबार सेती प्रादेशिक अस्पतालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
पछिल्लो २४ घण्टामा अस्पतालमा ११३ जनाको नमुना परीक्षण गर्दा थप १३ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
पछिल्लो २४ घण्टामा अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् भने थप ९ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा १२ जना संक्रमित उपचाररत छन्। जसमध्ये १८ जना संक्रमित आईसीयूमा ११ र १ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।
३ असार २०७८, बिहीवार १६:५६ बजे प्रकाशित































