punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ६१ जनामा कोरोना पुष्टि हुँदा २०८ जना निको

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार मृतकको संख्या शून्यमा झरेको छ । पछिल्लो २४ घण्टामा २०८ जना संक्रमित निको भई घर फर्किएका छन ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा १५२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ९ सय १२ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् । यी दुवै विधिबाट गरिएको परिक्षणमा ६१ जनामा संक्रमण पुस्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८८ जनाको नमूना परीक्षण गर्दा ८ जना, महाकाली अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा ३ र अछामको कमलबजार प्रयोगशालामा ४८ जनाको नमूना परीक्षण गर्दा २३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


२ असार २०७८, बुधवार २०:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु