punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अपडेट : सय जनामा सङ्क्रमण,एक सङ्क्रमितको मृत्यु

Chaupati
safha napa
धनगढीमा गरीएको कोरोना परीक्षणमा थप सय जनामा  सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ यी ७३ नमुना परीक्षण गर्दा  २ सय ७३ जनाको रिपोट नेगेटिभ र सय जनाको रिपोट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
 
 
उनका अनुसार सङ्क्रम पुष्टि हुनेहरूमा धनगढीका १२ जना,कैलालीका अन्य स्थानका ५४ जना र कैलाली बाहिरका ३४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ ।
 
 
३ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना हुँदा ९ जना सङ्क्रमणमुक्त भएका छन् । ज्यान गुमाउनेमा धनगढी १२ की ४२ वर्षीय महिला छन् । हाल अस्पतालमा १९ सङ्क्रमित उपचाररत छन् ।

२८ जेठ २०७८, शुक्रवार १४:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु