punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लिपुलेक जोड्ने भारतीय सडकले नेपालको घोडेटो पुरियो

Chaupati
safha napa

दार्चुला। महाकाली नदी किनारमा भारतले बनाइरहेको धारचुला–लिपुलेक सडक निर्माणका क्रममा विस्फोट गराउँदा खसेको चट्टानले नेपालको व्यास जोड्ने घोडेटो बाटो पुरिएको छ ।

भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा गर्वाधार क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा खसेको चट्टानले महाकाली नदीवारि नेपालको व्यास गाउँपालिका–२ स्थितकल्जु क्षेत्रमा भत्किएको घोडेटो । महाकालीपारिबाट खसेको चट्टान वारिसम्म आएर बाटो पुरिएको हो। पहिरो खसेको दिन मंगलबार केही समय महाकालीसमेतथुनिएको थियो।

भारतले दुई दिनअघि उक्त बाटोको गर्वाधारमा चट्टान फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ स्थित कल्जु क्षेत्रको बाटो भत्किएको हो । व्यासको घोडेटो बाटोमा ५र६ वर्षयता भारतीय सडकका कारण क्षति पुग्दै आएको छ ।

‘व्यासको घोडेटो महाकाली किनारैकिनार भएकाले भारतले सडक खन्दा नदीको बहाव नेपालतर्फ सरेको छ,’ कल्जुका नरेन्द्र धामीले भने, ‘अहिले हामीलाई गाउँ जान बाटो बन्द भएको छ । दुम्लिङ–कल्जु आवतजावत गर्न सकिएको छैन ।’ उनका अनुसार सडक चौडा बनाउने क्रममा विस्फोट गराउँदा ठूलो पहाड खसेर बाटो पुरिएको हो । बाटो अवरुद्ध हुँदा व्यासको छाङरु र टिंकर आवतजावतसमेत बन्द भएको छ । चट्टान खस्दा मंगलबार केहीबेर महाकाली नदीसमेत थुनिएको स्थानीयले बताए । भारतले अतिक्रमित नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाउन ठाउँ–ठाउँमा विस्फोटक पदार्थ प्रयोग गर्दै आएको छ ।

भारतीय सडक महाकालीभन्दा आधा किलोमिटर उचाइमा छ । नेपाली बाटो भने नदीभन्दा २० मिटर माथि पर्छ । पारिबाट खसेका ढुंगा नदी साँघुरो भएकाले वारिसम्म झरेर बाटो पुरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दका अनुसार प्रहरी चौकी दुम्लिङबाट करिब दुई सय मिटर उत्तरी क्षेत्रमा पर्ने कल्जु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ । घोडेटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको छ ।

यो बाटो व्यास र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको हो । ‘केही वर्ष पहिले साँघुरो बाटोलाई नदी किनारबाट पिल्लर गाडेर घोडेटो बनाइएको थियो । त्यो सबै चट्टानले पुरिएको छ । उक्त क्षेत्रको नदी किनारमा पर्खाल राख्न ठाउँ छैन, माथि ठूलो चट्टान छ,’ स्थानीय नरेन्द्र धामीले भने ।

भारतले धारचुला–लिपुलेक–मानसरोवर सडक दुई लेनको बनाउन हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ । सडक निर्माणका क्रममा अत्यधिक जिलेटिनको प्रयोग गर्ने भएकाले काठमाडौचट्टान खसेर बेला–बेलामा नेपालतर्फको बाटो अवरुद्ध हुँदै आएको छ । सोही क्षेत्रमा तीन वर्ष अगाडि सडकको ट्र्याक खोल्दा दुम्लिङका चार वटा घरमा क्षति पुगेको थियो । ‘जथाभावी विस्फोट गराउँदा ढुंगा बजारिएर घर खेतमा खस्थे,’ धामीले भने, ‘उफ्रेर बजारिएका ढुंगा लागेर धेरै पशुबस्तु घाइते भएका थिए । अहिले त्यहाँ बसोबास गर्ने सबै मानिस माथि सरेका छन् ।’

कल्जु क्षेत्रमा अवरुद्ध बाटो खुलाउन स्थानीयका साथमा काम सुरु गरेको प्रहरीले जनाएको छ । महाकाली किनारको घोडेटो बन्नुभन्दा पहिलेको बाटोलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।


२८ जेठ २०७८, शुक्रवार १४:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु