punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेलौरीमा कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च

Chaupati
safha napa

कञ्चनपुर ।  बेलौरी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चवापत १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगर प्रवक्ता विनोद नेपालीले बताउनुभयो । ‘कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनुभएका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय गरिएको हो ।

कोरोनाका कारण नगरपालिकाका १४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । पाँच सय बढी व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

नगरपालिकाले कुण्डास्थित कोभिड अस्पतालमा उपचारपछि घर फर्किने बासिन्दालाई पनि पोषिलो खाना पनि उपलब्ध गराउने भएको छ । त्यसका लागि दुई हजार बराबरको पोषणयुक्त खानाका सामान उपलब्ध गराउने कार्यपालिकाबाट निर्णय गरिएको छ ।

कोभिड सङ्क्रमित बालबालिकाको उपचारका लागि भवन बनाउने निर्णय पनि गरिएको छ । बेलौरीमा दुई बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ ।

दुवै जना १५ र १६ वर्षका छन् । बालबालिकामा कोरोना सङ्क्रमण फैलिने सक्ने सम्भावनालाई मध्यनजर गरी भवन बनाउन लागिएको हो । त्यस्तै नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि सहयोग गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकबाट रक्त सञ्चार केन्द्रका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ ।


२८ जेठ २०७८, शुक्रवार १२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु