प्रकाश सपूत र मेलिना राईको ‘प्रार्थना’
गायक प्रकाश सपूतले नयाँ गीत सार्वजनिक गरेका छन् । मेलिना राईसँगको युगल गायनमा प्रकाशले ‘प्रार्थना’ शीर्षकको गीत सार्वजनिक गरेका हुन् । अशोक शेरचनको शब्द रहेको गीत प्रकाशकै संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो ।
गीत निषेधाज्ञाकै समयमा उच्च सुरक्षा सावधानी अपनाएर रेकर्डिङ तथा छायांकन गरिएको प्रकाशले बताएका छन् । यो गीतको भिडियो समेत तयार भएको छ । प्रवेश पौडेलको निर्देशनमा तयार भिडियोमा गायक प्रकाश सपूत, गायिका मेलिना राई लगायतको अभिनय छ ।
२५ जेठ २०७८, मंगलवार १७:३२ बजे प्रकाशित































