सेती अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण
धनगढी । धनगढीमा गरीएको कोरोना परीक्षणमा शनिबार थप २२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८९ नमुना परीक्षण गर्दा २२ जनाको रिपोट पोजेटिभ र १ सय ६७ जनाको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।उनका अनुसार सङ्क्रमितहरूमा धनगढीका मात्रै ६ पुरुष र ३ महिला गरी ९ जना छन । कैलालीका अन्य स्थानका ५ पुरुष र ७ महिला गरी १२ जना छन् । कैलाली बाहिरका ० पुरुष र १ महिला गरी १ जना छन् ।
गत २४ घण्टामा कुनै पनि अस्पतालबाट सङ्क्रमण मुक्त भएका छैनन, भने २ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका छन् । अहिले अस्पतालमा ४९ सङ्क्रमित उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका १३ का ८१ बर्षिय पुरुष रहेका छन ।

२२ जेठ २०७८, शनिवार १५:३० बजे प्रकाशित






























