punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली अस्पतालमा विपन्न बिरामीको पीसीआर परीक्षण नि:शुल्क

Chaupati
safha napa

कञ्चनपु । महाकाली प्रादेशिक अस्पतालमा कमजोर आर्थिक अवस्थाका व्यक्तिको पीसीआर परीक्षण निःशुल्क गरिँदैछ।

अस्पतालको सामाजिक विकास इकाइबाट सेवा पाउने विपन्न परिवारका व्यक्तिहरूको पीसीआर जाँच निःशुल्क गरिएको हो। यस बाहेक अन्यलाई पीसीआर जाँचको शुल्क आधा घटाइएको छ। यसअघि एक हजार शुल्क लिने गरिएकोमा अहिले यसलाई घटाएर ५०० रुपैयाँ बनाइएको छ।

अस्पताल व्यवस्थापन समितिको केही दिन अघि बसेको बैठकबाट पीसीआर जाँच शुल्क हेरफेर गरिएको हो। कमजोर अवस्थाका व्यक्तिलाई जाँच निःशुल्क गर्न आग्रह हुने गरेको थियो।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले सामाजिक विकास इकाइबाट सेवा लिने सबै सेवाग्राहीको निःशुल्क र अन्यलाई पाँच सय शुल्क लिने गरी निर्णय गरिएको बताए।

‘आर्थिक रुपमा कमजोर अवस्थाका बिरामीले शुल्क तिर्नु पर्दैन, अन्यले पनि ५०० रुपैयाँमात्रै तिर्नुपर्छ,’ उनले भने, ‘यसबाट सेवाग्राहीलाई राहत पुग्छ।’

अस्पतालको सामाजिक विकास इकाइबाट आर्थिक रूपमा कमजोर भएका समुदाय, अपाङ्गता भएका व्यक्ति, एकल महिला, सीमान्तकृत र पछाडि पारिएका समुदायका व्यक्तिलाई निःशुल्क रुपमा सेवा दिने गरिएको छ।

कोरोना भाइरस महामारीको पहिलो लहर फैलिएपछि गत वर्ष अस्पतालमा पीसीआर मेसिन जडान गरिएको थियो। भीमदत्त नगरपालिकाले अस्पतालका लागि पीसीआर मेसिन खरिद गरेको थियो।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा पहिलो पटक भीमदत्तले मेसिन खरिद अघि बढाएको थियो। त्यसपछि अन्य तह पनि मेसिन खरिदमा लागेका थिए। कोरोना संक्रमति बिरामीको पीसीआर जाँचका लागि कैलालीको धनगढी जानु पर्ने बाध्यता हटाउन अस्पतालमा मेसिन जडान गरिएको थियो।


२२ जेठ २०७८, शनिवार १४:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु