Hotel Flora Long Ad

सुदूरपश्चिम विश्वविद्यालयमा जेठ २५ देखी पठनपाठन,परीक्षा साउन ५ देखि

धनगढी । कोरोनाको दोस्रो लहर फैलिएपछि स्थगित भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट सञ्चालन हुने भएको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट गर्ने निर्णय गरेको हो । स्नातक तह दोस्रो, चौथो र छैटौं सेमेष्टरका परीक्षाहरू साउन ५ गतेबाट सञ्चालन हुने सुदूरपश्चिम विश्वविद्यालयका सामान्य प्रशासन महाशाखाले  जनाएको छ ।

स्नातक दोस्रो, चौथो र छैटौं सत्रका विद्यार्थीलाई अघिल्लो सेमेष्टरका कक्षाहरू जेठ २५ बाट सञ्चालन हुने छन् ।

वैकल्पिक माध्यमबाट सञ्चालन हुने परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले जेठ मसान्तभित्र कार्यविधि तयारी पार्ने, असार २० सम्म परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिसक्ने जनाएको छ । परीक्षाका लागि लिखित तथा मौखिक र विद्यार्थीलाई विश्लेषणात्मक उत्तर दिनुपर्ने किसिमको प्रश्नपत्र तयार पारिने विश्वविद्यालयले जनाएको छ ।


२२ जेठ २०७८, शनिवार १४:५२ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु