ओली पुनः प्रधानमन्त्री नियुक्त
एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९३० बमोजिम प्रतिनिधिसभामा सबैभन्दा धेरै सदस्य भएको दल एमालेको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
संसदमा विश्वासको मत गुमाएपछि पदमुक्त भएका ओली तीन दिनपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । ओलीले ३० दिन भित्र संसदबाट पुनस् बिश्वासको मत लिनु पर्नेछ।
यसअघि बिहीबार राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिए पनि दाबी पेस भएको थिएन ।
संविधानको धारा ७६ ९२० अनुसार बहुमतीय सरकार बन्न नसकेपछि राष्ट्रपतिले धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
३० वैशाख २०७८, बिहीवार २३:३७ बजे प्रकाशित































