अक्सिजनको कालोबजारीबारे स्ट्याटस लेखेको आरोपमा दुई जना पक्राउ

अक्सिजनको कालोबजारी गरेकोबारे भ्रमपूर्ण स्टाटस लेखेको भन्दै कैलाली प्रहरीले धनगढीका दुई जनालाई पक्राउ गरेको छ ।

औषधि आपूर्तिकर्ता दुष्यन्त बस्नेतले अक्सिजनको कालोबजारीबारे स्टाटस लेखेको आरोपमा धनगढीका तेज खड्का र मदन भट्टलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरीले सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएको बताएका छन् ।

धनगढीका औषधि आपूर्तिकर्ता दुष्यन्त बस्नेतले अक्सिजनको कालोबजारी गरेको विषयमा स्टाटस लेखेका थिए ।


२२ वैशाख २०७८, बुधवार १७:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु