punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाको भारतीय भेरियन्टबारे बोल्यो डब्ल्यूएचओ, दियो यस्तो चेतावनी

Chaupati
safha napa

कोरोनाको भारतीय भेरियन्टबारे अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । बढी खतरनाक रहेको निष्कर्षमा पुग्न हतार नगर्नसमेत उसले चेतावनी दिएको छ ।

भारतमा कोरोना संक्रमण बढ्नुमा नयाँ भेरियन्ट कति जिम्मेवार छ भन्ने प्रष्ट नभएको भन्दै डब्ल्यूएचओले यसलाई ‘चिन्ताजनक’ भनेर वर्गीकरण नगरिएको प्रस्ट पारेको हो।

धेरै भिडभाड गरेर चाडपर्वलगायत कार्य आयोजना गरेकाले संक्रमण तीव्र रुपमा फैलिएको डब्ल्यूएचओकी प्रवक्ताले बताइन् । डब्ल्यूएचओका अनुसार छिट्टै फैलने, संक्रमित बढी सिकिस्त हुने र प्रतिरक्षा प्रणाली कमजोर बनाउने खालको भेरियन्टलाई चिन्ताजनक मानिन्छ ।

भारतको टाइम्स अफ इन्डियाले पनि संक्रमण फैलिनुमा धेरै तत्वले भूमिका खेलेको हुन सक्ने जनाएको छ । डब्ल्यूएचओले कोभिड–१९ को दक्षिण अफ्रिकी, ब्राजिलियन र बेलायती भेरियन्टलाई मात्र ‘चिन्ताजनक भेरियन्ट’को रुपमा वर्गीकरण गरेको छ ।

नयाँ भेरियन्ट भारतमा सन् २०२० डिसेम्बर १ मा भेटिएको थियो । भाारतमा महामारी फैलनुमा बेलायती भेरियन्ट समेत जिम्मेवार हुन सक्ने जनाइएको छ ।

सोमबार मात्र भारतमा तीन लाख ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


१४ वैशाख २०७८, मंगलवार १३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु