कैलालीमा बिहीबारदेखि ‘लकडाउन’ जारी हुने

कैलालीमा यही वैशाख १६ गते (विहीबार)देखि ‘लकडाउन’ जारी गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र कैलालीले एक हप्तासम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमण दर तीब्र बनेपछि लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

सोमबार मात्रै कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले दुई जिल्लामा राति ८ बजेदेखि विहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

रात्रिकालिन रुपमा मात्रै निषेधाज्ञा जारी गरिएको भन्दै विरोध भएको थियो । यहाँका बासिन्दाले केही दिन पूर्ण लकडाउन गर्नुपर्ने आवाज उठाएका थिए ।

 


१४ वैशाख २०७८, मंगलवार १३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु