उपचारको क्रममा कोरोना संक्रमित महिलाको मृत्यु

सुर्खेतमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–९ की ५८ वर्षीया महिलाको मृत्यु भएको कर्णाली प्रदेश अस्पताल कोभिड उपचार केन्द्रले जनाएको छ ।

कोभिड उपचार केन्द्र आइसोलेसन वार्डमा उपचारको क्रममा आइतबार दिउँसो ती महिलाको मृत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए ।

डा. पौडेलका अनुसार ज्वरो, खोकी लागेपछि उनलाई वैशाख २ गते उपचारका लागि प्रदेश अस्पताल ल्याइएको थियो । परीक्षणका क्रममा ती महिलालाई ३ गते कोरोना पुष्टि भएको थियो ।


५ वैशाख २०७८, आइतवार १८:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु