भारतमा एकैदिन २ लाखभन्दा बढीमा कोरोना संक्रमण, मृत्युदर पनि ह्वात्तै
भारतमा एकैदिन २ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा थप २ लाख ७३९ कोभिड १९ संक्रमित देखिएका छन्। पछिल्लो एक सातायता दैनिक १ लाख भन्दा बढीमा संक्रमण देखिँदै आएको थियो।
यससँगै भारतमा १ करोड ४० लाख ७४ हजार ५६४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।
संक्रमणको दरसँगै भारतमा मृत्यु दर पनि बढ्दो छ। पछिल्लो २४ घण्टामा १ हजार ३८ जनाको मृत्यु भएको छ।
हालसम्म भारतमा १ लाख ७३ हजार १२३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। बिहीबार बिहानसम्म ९३ हजार ५२८ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या १४ लाख ७१ हजार ८७७ पुगेको छ।
२ वैशाख २०७८, बिहीवार १०:२९ बजे प्रकाशित












