punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

Chaupati
safha napa

नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले विज्ञप्ति जारी गरी मस्तिष्काघात भई उपचार गराइरहनुभएका जोशीको अवस्था गम्भीर रहेको जानकारी दिए ।

उनका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । केही सञ्चारमाध्यममा जोशीका बारेमा भ्रामक समाचार आएपछि अस्पतालले विज्ञप्ति निकालेर उनको अवस्थाबारे जानकारी गराएको हो ।

विज्ञप्तिमा केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको तर अहिले भने अवस्था गम्भीर भएको जनाइएको छ।

फागुन १४ गते मस्तिष्काघात भएपछि उपचारका लागि जोशीलाई अस्पतालमा भर्ना गरिएको थियो ।

नोट: नेता जोशीबारे यसअघि त्रुटिपूर्ण समाचार सम्प्रेषण हुनपुगेकोमा हामी क्षमाप्रार्थी छौं । उक्त समाचार हटाइएको छ । -सम्पादक


४ चैत २०७७, बुधवार ०९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु