punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिलालाई आवाजबाट पनि बलात्कार गरिन्छ : संविधानसभा सदस्य चौधरी

Chaupati
safha napa

संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजबाट पनि बलात्कार गर्ने गरिएको बताएकी छिन् ।

महिलालाई कमजोर पार्न चरित्रका कुरा गरेर महिलालाई बोलीबाट बलात्कार गर्ने चलन निकै बढेकाकाे चिन्ता व्यक्त संविधानसभा सदस्य चौधरीले गरेकी हुन । एकसय एघारौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘समान भविष्यका लागि नेतृत्वमा समावेशिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा चौधरीले राजनीति तथा सामाजिक सेवामा लागेका महिलालाई चारित्रिक प्रहार बढेको उनले बताइन्।

महिला नेत्री कमला शाहीका अनुसार हिंसा न्यूनीकरणका लागि योजना बनाएर काम गर्न जरुरी रहेको छ । उनले पुरुषसँग प्रतिस्पर्धा गर्ने महिलालाई राजनीतिबाट पनि पाखा लगाइने बताईन ।

समान व्यवहारका लागि नेतृत्वमा रहेका महिला, राजनीतिमा आबद्ध भएका, सामाजिक अगुवाले घरबाटै थालनी गर्नुपर्ने नेपाल पत्रकार महासङ्घ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले जानकारी गराईन । महिलालाई ३३ प्रतिशत व्यवस्था संविधानले गरेकै भएपनि राजनीतिक दलले व्यवहारिकरुपमा महिलालाई अवसर दिने कुरा व्यवहारमा उतार्न नसकेको सामाजिक अभियानकर्मी निर्मला कडायतले बताइन् ।


२४ फागुन २०७७, सोमवार १४:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु