दुई लाख बढी मूल्य बराबरको अवैध सामान बरामद
कञ्चनपुरमा दुई लाख बढी मूल्य बराबरको भारत बाट नेपाल भन्सार छलेर ल्याइएका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतका बोर्डर आउट पोष्ट बयलबन्दा, पुनर्वास, गड्डाचौकी, दोधाराचाँदनी र झिलमिलाबाट खटिएको टोलीले २ लाख ८ हजार ६ सय ६० मूल्य बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरेको हो।
सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरका अनुसार
भन्सार छलेर भित्र्याइएका मोबाइल, मोबाईल पाट्स, किराना समान, कलर प्रिन्टर, तयारी कपडा, औषधि, ब्याट्री र प्रतिबन्धित बोइलर कुखुरा बरामद भएको छ।
बरामद सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टिन कार्यालय तथा भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक ऐर जानकारी गराए ।
२४ फागुन २०७७, सोमवार १४:२९ बजे प्रकाशित































