सुनको मूल्य आज सामान्य बढ्यो, कति पुग्यो ?
बजारमा आज सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ८६ हजार दुई सय पुगेको छ ।
सुन हिजो प्रतितोला ८६ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ६५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
२४ फागुन २०७७, सोमवार ११:५० बजे प्रकाशित













