कैलालीमा ट्रकबाट झर्ने क्रममा सह–चालकको मृत्यु
कैलालीमा ट्रकबाट झर्ने क्रममा सह–चालकको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ झिलस्थित पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ६ ख ४७३८ नम्बरको ट्रकबाट झर्ने क्रममा सह–चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका–१ का १७ वर्षीय सुशिल चन्द रहेकाेसुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ।
ट्रकबाट झर्ने क्रममा अण्डकोषमा चोट लागेर गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
१२ फागुन २०७७, बुधवार ०६:२७ बजे प्रकाशित






























