punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तस्करी मुद्दामा फरार प्रतिवादी ११ महिना पछि पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा काठ तस्करीको मुद्दामा फरार रहेका प्रतिवादीलाई करीव ११ महिना पछि प्रहरी पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  काठ चोरी मुद्दामा फरार रहेका शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का रबिन्द्र  भनिने खगेन्द्र रानालाई करीव ११ महिना पछि प्रहरी पक्राउ गरेको हो ।
रानालाई अदालतले २०७६ पुस १२ गते १८ महिना कैद र १५ सय जरिवाना सजाय सुनाएको थियो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार रानालाई मङ्गलबार घर नजिकै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको छ।


१२ फागुन २०७७, बुधवार ०६:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु