nast

कञ्चनपुरमा श्रीमतिले गरे श्रीमानको हत्या

कञ्चनपुरको बेलौरी नगरपालिका – ६ भुरकोटकी एक महिलाले आफ्नै श्रीमान हत्या गरेकी छन्।

आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान ओमकुमार चौधरीको हत्या गरेको हो ।

घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराए।

फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको उनले बताए । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको उनले जानकारी गराए ।


११ फागुन २०७७, मंगलवार १४:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु