punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर २४ घण्टामा ११० संक्रमित, ४ को मृत्यु

Chaupati
safha napa

देशभर २४ घण्टामा नेपालमा १ सय १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । नेपालमा १ हजार ५३३ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १०२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ रहेको छ ।

हालसम्म देशभर २१ लाख ४६ हजार ५३३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६५ जना रहेका छन् ।


११ फागुन २०७७, मंगलवार १६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु