बझाङमा भारी हिमपात, जनजीवन प्रभावित
बिहीबार रातिदेखि परेको वर्षासँगै बझाङमा भारी हिमपात भएको छ । हिमपात र वर्षाका कारण चिसो बढेको छ ।
गत वर्ष मंसिरको दोस्रो सातामै हिमपात भएको भए पनि यस वर्ष ढिला हिमपात भएको हो । जिल्लाको बुङगल नगरपालिका, छबिसपाथिभेरा, तल्कोट, साईपाल, मष्टा खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकामा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन ।
स्थानीयकाअनुसार हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्म पुग्न सकिने अवस्था छैन । गाँउमा दुई फिट भन्दा बढी हिँउ जमेको छ ।
जसले गर्दा दैनिक कामकाजका लागि पनि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् ।
२३ माघ २०७७, शुक्रवार ०९:१५ बजे प्रकाशित































