punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ खैरीघाटबाट लागुऔषध खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत क्षेत्रीय अनुसन्धान समूह आरआईटी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतको प्रहरी टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगर का ५७ वर्षीय टिकाबहादुर केसीलाई सोमबार साँझ पक्राउ गरेको हो ।

उनको साथबाट ११ ग्राम १६० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरेको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । पक्राउ परेका केसीलाई कानुन बमोजिम थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने कञ्चनपुर प्रहरीले जनाएको छ ।


२० माघ २०७७, मंगलवार १६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु