punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

किशोरीमाथी बलात्कारको प्रयास गर्ने एकजना पक्राउ

Chaupati
safha napa

डेरा गरि बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयास गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसीस्थित आफ्नो घरमा डेरा गरि बस्दै आएकी १७ वर्षीय किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा ४८ वर्षीय घरबेटी पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

किशोरीले दिएको किटानी जाहेरीका आधारमा मंगलबार जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाही जानकारी गराए । उनी माथी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


१४ माघ २०७७, बुधवार १४:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु