punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा पूजा मृत्यु प्रकरण : ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा

Chaupati
safha napa

धनगढी। धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान्सहित पाँच जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन ११ गते साँझ करिब ५ बजे पूजालाई आफ्नै घरको कोठामा सिलिङ पंखामा साडीको पासो लगाएको अवस्थामा फेला पारिएको थियो।

उनका श्रीमान् ३१ वर्षीय भरत धामीसहितले उनलाई फेला पारेपछि पासो खोलेर उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्‍याएका थिए। अस्पतालले साँझ ५ः५० बजे उनलाई मृत घोषणा गरेको थियो।

घटनाबारे मृतकका आफन्त युवा प्रेमसिंह धानुकले मृतकका श्रीमान्सहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिएपछि प्रहरीले साउन १३ गते उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका–१ हातीथलाकी पूजा करिब ६ महिनाअघि धनगढी उपमहानगरपालिका–४ न्युरोड टोलका भरत धामीसँग मागी विवाह गरेर धनगढी आएकी थिइन्।

विवाहपछि उनी श्रीमान्, सासू–ससुरा, बाजे–बज्यै, नन्द र फुपूसहित एउटै घरमा बस्दै आएकी थिइन्। मृतकका माइती पक्षले पूजाको हत्या भएको दाबी गर्दै श्रीमान्, बाजे, बज्यै, फुपू र नन्दविरुद्ध किटानी जाहेरी दिएका हुन्। यता, श्रीमान् पक्षले भने आत्महत्या गरेको दाबी गर्दै आएका छन्।

यसैबीच, घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्तहरूले विभिन्न स्थानमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे निष्पक्ष अनुसन्धान भइरहेको भन्दै प्रदर्शनमा सहभागी तथा आफन्तलाई संयमता अपनाउन र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ।


१६ साउन २०८३, शनिवार १६:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु