धनगढी- ६ कालो पुल देखि वडा ११ बेला सम्ममा ८४ वटा स्मार्ट सडक बत्ती जडान
धनगढी । धनगढी उपमहानगरपालिकाले “उज्यालो धनगढी” अभियान अन्तर्गत वडा नम्बर ५ र ६ को सिमाना कालोपुलदेखि वडा नम्बर ११ स्थित बेलासम्म ८४ वटा स्मार्ट सडक बत्ती जडान गरेको छ।
आधुनिक प्रविधियुक्त यी स्मार्ट बत्तीहरूले सडकलाई उज्यालो बनाउनुका साथै ऊर्जा बचतमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सेन्सर प्रविधिमा आधारित यी बत्तीहरू आवश्यकताअनुसार आफैँ बल्ने र निभ्ने भएकाले विद्युत् खपत न्यून हुने नगरपालिकाले जनाएको छ।
यस कार्यक्रममार्फत नगर क्षेत्रको सुरक्षामा सुधार आउने, रातिको आवागमन सहज हुने तथा दुर्घटनाको जोखिम कम हुने विश्वास गरिएको छ। उपमहानगरपालिकाले आगामी दिनमा अन्य क्षेत्रहरूमा पनि यस्तै स्मार्ट बत्ती विस्तार गर्दै लैजाने योजना बनाएको जनाएको छ।
१६ साउन २०८३, शनिवार १६:४२ बजे प्रकाशित































