punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री शाहले भेटे प्रदेश प्रमुख मियाँलाई

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रमुख नजिर मियाँबीच शनिबार प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको छ।

भेटमा पछिल्लो समय सुनसरी, सिराहालगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वको प्रभाव सुदूरपश्चिममा पर्न सक्ने सम्भावित जोखिमप्रति पूर्वसचेत रहँदै सामाजिक सद्भाव कायम राख्ने विषयमा छलफल भएको थियो।

मुख्यमन्त्री शाहले मनसुनका कारण हुनसक्ने सम्भावित विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले गरिरहेको पूर्वतयारीबारे प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए। उनले यस विषयमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलबारे समेत जानकारी गराएको जनाइएको छ।

भेटमा सुदूरपश्चिम प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था, सम्भावित जोखिमको पूर्वतयारी तथा प्रदेशको विकासका विषयमा समेत आपसी छलफल भएको थियो।


१६ साउन २०८३, शनिवार १६:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु