punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी

Chaupati
safha napa

सुदूरपश्चिम सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ । सत्तासीन दल नेकपा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेताहरुले राजिनामा दिएपछि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएपछि रिक्त पदमा मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्री भट्टले गरेका हुन् । पार्टी विभाजित भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेकपाको प्रचण्ड–नेपाल समूहको बहुमत रहेको छ ।

प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले भौतिक पूर्बाधार विकास मन्त्रालयको जिम्मेवारी तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी मानबहादुरधामीलाई दिइने छ ।

मन्त्री नियुक्त गर्ने विषयमा औपचारिक निर्णय भने आइतबार बस्ने प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले गर्नेछ ।

 


१० माघ २०७७, शनिवार १३:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु