punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुधबारबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गते (बुधबार) बाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले जनाएका हुन ।

सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमले १४ गतेबाट खोप लगाउन शुरु गरिने जानकारी दिए ।

मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘(टर्निङ प्वाइन्ट)मा पुगेको प्रधानमन्त्री ओलीले बताए ।

उनले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने बताए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना साबधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरे ।

शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र सङ्कटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरेका हुन ।


१० माघ २०७७, शनिवार १३:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु