Hotel Flora Long Ad

बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु

कालीकोटमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको छ ।

जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीका भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।

भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।


२९ पुस २०७७, बुधवार १५:१७ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु