punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा दुई जना पक्राउ

Chaupati
safha napa

बैतडीको पञ्जेश्वर गाउँपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।

सामूहिक बलात्कारको आरोपमा पञ्चेश्वर गाउँपालिका–४ का प्रविन चन्द र धर्मेन्द्र चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । एक जनालाई बैतडीबाट र अर्कोलाई कञ्चनपुरबाट नियन्त्रणमा लिइएको उनले बताए ।

उनकाअनुसार पक्राउ परेका दुवैको उमेर करिब २३/२४ वर्षको छ । दुवै जना युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

किशोरीमाथि सामूहिक बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दर्ता भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको हो ।

बैतडीको पञ्चेश्वर गाउँपालिकाकी एक किशोरीमाथि गत पुस १५ गते दुई जना युवाले सामूहिक बलात्कार गरेको भन्दै बुधबार किटानी जाहेरी दर्ता भएको हो ।

 


२९ पुस २०७७, बुधवार १८:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु