punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

Chaupati
safha napa

बाजुरा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको डीमालिका नगरपालिका-९ चौराटी खेतमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा वामीकार्तिक खापर गाउँपालिका-४ छापुका ६० वर्षीय धननाथ योगी को मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएको उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

उनका अनुसार ट्याक्टर खाली रहेका ग्याँसका सिलिण्डर बोकेर तिपाडा जाँदै थियो । ट्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको थियो । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


२८ पुस २०७७, मंगलवार ०९:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु