Hotel Flora Long Ad

सुशीलजंग अभिनित ‘सुन्तलीका दाना’ सार्वजनिक (भिडियोसहित)

कलाकार सुशीलजंग कुँवरलगायतको अभिनयमा निर्मित म्युजिक भिडियो ‘सुन्तलीका दाना’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट आइतबार सार्वजनिक भएको हो । म्युजिक भिडियोमा कुँवरसहित केशव शाही र अञ्जु विश्वकर्माले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई जिबी आग्रीले निर्देशन गरेका छन् भने भीम बिसीको संगीत रहेको छ ।

अबिनाश थापको शब्दमा बनेको गीतमा सरु गौतम र सुशान्त श्रेष्ठले स्वर दिएका छन् । म्युजिक भिडियो कैलालीको गोदावरी रिसोर्टमा छायांकन गरिएको छ ।

 


२७ पुस २०७७, सोमवार १८:०५ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु