आज ‘पुस १५’, सुदूरपश्चिममा विभिन्न पकवान खाएर मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज ‘पुस १५’ धुमधामका साथ मनाइँदैछ ।

पर्वमा मिठा परिकार खाने, राति जाग्राम बस्ने, बात ९दन्त्य कथा० भन्ने र देउडा खेल्ने चलन रहेको यस क्षेत्रको संस्कृतिसम्बन्धी जानकार बताउँछन्।

यस दिन १५ किसिमका परिकार खाने प्रचलन छ। यस पर्वलाई ‘पन्नरी रात’, ‘ठूलीरात’ पनि भन्ने गरिएको छ। नेपाली समाजमा आजको रात सबैभन्दा लामो हुने मान्यता भएकाले यस पर्वलाई ‘ठूलीरात’ भन्ने संस्कृतिसम्बन्धी जानकार बताउँछन्। तर, विश्वभर डिसेम्बर २२ को रात सबैभन्दा लामो हुने गरिएको मानिन्छ।

पर्वका अवसरमा वनभोज खाने पनि प्रचलन छ। यस क्षेत्रमा वर्षमा एक दिन भए पनि घरबाहिर पकाएर खानुपर्ने मान्यता भएकाले आजको दिन वनभोज खाने प्रचलन रहेको संस्कृतिसम्बन्धी जानकार बताउँछन्।


१५ पुस २०७७, बुधवार ०८:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु