punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड–नेपाल समूह आज देशभर शक्ति प्रदर्शन गर्दै

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले राजधानीसहित देशभर शक्ति प्रदर्शन गर्दैछ।

प्रचण्ड–नेपाल समूहले संसद पुनस्र्थापनाको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।  केन्द्रीय कमिटीको  बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोक्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको थियो।

केन्द्रीय आन्दोलन परिचाल समितिका अनुसार बिहान ११ बजे सुरु हुने प्रदर्शन काठमाडौंका ६ ठाउँबाट जुलुस शुरु हुने छन्। काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल,घण्टाघर, रत्नापार्क र बागबजार क्षेत्रबाट जुलुश निस्कनेछन्।

भृकुटीमण्डपको सभालाई अध्यक्ष प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड(माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन्।

संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा बहस चलिरहेको बेला निर्वाचन आयोग पनि नेकपाको आधिकारिकता विवाद टुंग्याउने तयारीमा छ।


१४ पुस २०७७, मंगलवार ०९:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु