punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अवैध यार्सागुम्बासहित एक जना पक्राउ

Chaupati
safha napa

बझाङ विमानस्थलबाट १ किलो ७ सय ५ ग्राम अवैध यार्सागुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार बझाङबाट नेपालगन्जको लागि उडान हुने समिट एयरको जहाजमा सवार हुने यात्रुलाई चेकजाँच गर्ने क्रममा विमानस्थल सुरक्षागार्ड देवलमा खटिएको प्रहरी टोलीले हुम्ला नाम्खा गाउँपालिका वडा नम्बर २ का ४३ वर्षीय छिटुप तामाङलाई पक्राउ गरेको हो।

प्रहरीले तामाङको साथमा रहेको झोलाबाट अवैध यार्सागुम्बा बरामद गरेको हो। पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी डिभिजन वन कार्यालयले अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रसाद चौधरीले बताए।


१३ पुस २०७७, सोमवार १३:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु