गाडीको ठक्करवाट डोटीमा एक बालकको मृत्युु
गाडीको ठक्करवाट डोटीमा एक बालकको मृत्युु भएको छ ।
जिल्लाको शिखर नगरपालिका वडा न ६ कोटगाउँमा धनगढीबाट सिलगढी तर्फ जादै गरेको से १ च १००९ नम्बरको स्कार्पियोले ठक्कर दिदाँ मोहन बलायरका ६ बर्षिय छोरा गौरब बलायरको मृत्यु भएको हो ।
स्कार्पियोको ठक्करवाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने स्कार्पियो र चालक महादेब गिरिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
१० पुस २०७७, शुक्रवार १०:५५ बजे प्रकाशित































