कैलालीमा मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिदा १ जना घाइते
कैलालीमा मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिदा १ जना घाइते भएका छन।
से १ च ६४३५ नम्बरको ट्रयाक्टरले सुपप्र ०१००८ प ५९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा टीकापुर नगरपालिका वडा नम्बर १ मा वस्ने २१ वर्षीय मोटरसाइकल चालक भोजराज बुढा घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्रयाक्टर र कैलारी गाउँपालिकावडा नम्बर ५ बस्ने ट्रयाक्टर चालक सज्जन थारु लाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।
९ पुस २०७७, बिहीवार ११:१६ बजे प्रकाशित






























