बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धनगढीबाट बझाङ बित्थडका लागी छुटेको से १ ज ८४३ नम्बरको जिप बिहीवार बिहान बैतडीमा जिप दुर्घटना भएको हो ।
बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ८ आलगैरामा भएको दुर्घटना हुँदा बझाङको बुंगल नगरपालिका वडा नम्बर ११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको घटना स्थलमै मृत्यु भएको हो ।
जिप दुर्घटना हुँदा अन्य ३ जना घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर धामीले जानकारी गराए । प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धामीले बैतडी पुर्चौडी नगरपालिका वडा नम्बर ४ भटनाका अन्दाजी ४० वर्षीय गंगादत्त भट्ट , सोही ठाउँका ३५ वर्षीय जनक भट्टको अवस्था गम्भीर रहेको बताए । घाईतेहरूलाई डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक धामीले जानकारी दिए ।
दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिकाका हरिस बोहरा पनि घाइते भएका छन् । भने उनको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार जिपमा चालक सहित ४ जना सवार रहेका हुन। दुर्घटनाको कारण अझै खुल्न कारण खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको उनले बताए ।
९ पुस २०७७, बिहीवार ११:०७ बजे प्रकाशित






























