punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भिरबाट लरी खस्दा ३ जनाको मृत्यु

Chaupati
safha napa

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर ३ मा भिरबाट लरी खस्दा ३ जनाको मृत्यु भएको छ ।

कालीगण्डकी करिडोरको भोक्रोफाँटको भिरबाट ना ३ ख ५३३९ नम्बरको लरी खस्दा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए । उहाँका अनुसार मृत्यु हुनेहरूको परिचय खुलेको छैन ।

दुर्घटना भएको ठाउँ एकान्त भएकाले प्रहरीलाई ढिलो गरी मात्रै सूचना पुगेको थियो । अहिले भिरबाट लरी तान्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सडक कच्ची हुनुका साथै उकालो र घुम्ती भएकाले लरी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ ।


८ पुस २०७७, बुधवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु