नेकपा सुदूरपश्चिम कार्यालयमा सुरक्षाकर्मी परिचालन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश कार्यालयको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पार्टी विभाजन गरेपश्चात तालामाथि ताला लगाउने कार्य भएपछि सम्भावित घटना हुन नदिन सुरक्षाका लागि प्रहरी परिचालन गरिएको कैलाली प्रहरीले जनाएको छ । कार्यालयको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।
मंगलबार मात्रै प्रचण्ड–माधव समूहले कैलाली जिल्ला पार्टी कार्यालय र प्रदेश पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए ।
८ पुस २०७७, बुधवार १३:३६ बजे प्रकाशित































